सुम्निखिम (Sumnikhim)

नेपाल र देश बाहिर बसोबास गर्ने बायुङ राईहरु बीच एकता कायम गर्न, संकटापन्न अवस्थामा रहेको बायुङ भाषाको संरक्षण गर्न, अलिखित अवस्थामा रहेको इतिहास, तुम्लो (मुन्दुम) तथा संस्कार-संस्कृतिजन्य परम्परालाई अभिलेखित गरी जीवित राख्न, रैथाने ज्ञान–सीपको विकास गर्दै बायुङ राईहरुको समग्र हितमा क्रियाशील हुने एउटा साझा संस्थाको आवश्यक महशुस गरी मिति २०७७-०९-२० गते संस्था दर्ता ऐन २०३४ बमोजिम किरात बायुङ राई सुम्निखिम जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता नम्बर १०६५ प्राप्त गरी स्थापना गरिएको हो । यो संस्था गैह्र राजनितिक सामाजिक संस्था हो जसको केन्द्रीय कार्यालय काठमाडौँमा रहेको छ ।