उद्देश्यहरु (Objectives)
संस्था विधान बमोजिमका उद्देश्यहरु निम्नबमोजिम छन्:
१) किरात बायुङ राईहरू बीच असल भातृत्व र बलियो एकता कायम गर्ने ।
२) बायुङ भाषा, किरात श्रीजङ्गा लिपी, प्रकृति र तुम्लो(मुन्दुम)मा आधारित किरात धर्म, संस्कृति, मुन्दुम दर्शन, इतिहास, कला साहित्य संगीत, मौलिक ज्ञान सीप, स्थापित मुल्य मान्यता र पहिचानको खोजी अन्वेषण गरी लेखन–प्रकाशन गर्ने र संरक्षण तथा विकास गर्ने ।
३) बायुङ राईहरूको आर्थिक, सामाजिक र शैक्षिक जागरण तथा उत्थान गर्ने र राज्यको मूलधारमा स्थापित गर्न मद्दत गर्ने ।
४) बायुङ राईहरूको इतिहास, मुन्दुम, शब्दकोष, वंशावली तथा विद्यालयस्तरीय पाठ्यसामग्रीहरुको लेखन प्रकाशन तथा श्रब्य दृश्य सामग्रीको निर्माण गरी पुस्तान्तरण गर्ने तथा बायुङ राईहरुको श्रोत केन्द्र बनाउने ।
५) सबै किसिमको विभेद र उत्पीडनका विरुद्ध क्रियाशील हुदै सामाजिक न्याय र सद्भाव कायम गर्न मद्दत गर्ने ।
६) सांस्कृतिक जडता र सांस्कृतिक विचलनबीच सन्तुलन कायम गर्दै समयानुकुल परिमार्जन र विकासको अगुवाई गर्ने ।
