बायुङ राई (Bayung Rai)

किरात सभ्यतासँगै विकसित भएर आएको राई जाति अन्तर्गत बोलिने २६ राई भाषी मध्ये बायुङ ९द्यबथगलन० भाषा बोल्ने नेपालको एक आदिवासी जनजाति हुन, बायुङ राई । बायुङ राईहरुको आदिम थातथलो पूर्वी नेपालको ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङ जिल्ला भित्रको भूभाग हो । बायुङ राईहरुको मिथक अनुसार नेपाल दु नेवाल दु अर्थात् काठमाडाँै उपत्यकाको किरात सभ्यतासँग निकटतम सम्बन्ध रही सोहि ऐतिहासिक विरासत सहित आफ्नो विशिष्ट साँस्कृतिक पहिचान र भौगोलिक निरन्तरता सहित हजारौँ वर्षदेखि थातथलोमा बस्दै आएका छन् । करिब एक लाख जनसंख्या रहेका बायुङ राईहरु हाल पुर्वी नेपालको ताप्लेजुङ देखि काठमाडाँै उपत्यका हँुदै सुदुरपश्चिमको धनगढी सहित २९ जिल्लाहरु तथा एसिया, युरोप, अमेरिका र अष्ट्रेलिया महादेशका विभिन्न देशहरुमा छरिएर रहेका छन् । तुम्लो (मुन्दुम) को सुम्नि नालुङ अनुसार बायुङको शाब्दिक अर्थ पुरानो सभ्यता भन्ने हुन्छ । मौलिक शब्द ‘बायुङ’लाई वेलायती खोजकर्ता तथा प्रकृतिविद् द्यचष्बल ज्। ज्यगनजतयल ले व्यगचलब िया तजभ ब्कष्बतष्अ क्यअष्भतथ या द्यबलनब िर ऋयmउबचबतष्खभ ख्यअबदगबिचथ या तजभ ीबलनगबनभक या द्यचयपभल त्चष्दभक या ल्भउब,ि ज्ञडछठ(ज्ञडछड मा अपभं्रस गरेर बाहिङ लेखिदिएका छन् । त्यसैले बायुङ समुदायलाई केहि स्थान विशेषमा अपभं्रसित शब्दहरु बाहिङ, बायिङ, वाईङ र बनुङ भनेर पनि चिनिन्छ भने आफ्ना बायुङ पूर्खा र बसोवासको स्थानलाई जोडेर कतै रुम्दाली त कही नेचाली पनि भन्ने गरिन्छ । त्यसैगरी बायुङ भाषालाई पनि पाई लो, रःदि लो वा प्रोचा लो समेत भनिन्छ । तर बायुङ तुम्लोको मुल्य मान्यता, समुदायका अग्रजहरुको शब्द प्रयोग र भाषाविद् म्च। ःबगचभभल द्य। ीभभ ले द्दण्ण्छ मा गरेको स्थलगत सर्भेक्षणबाट तयार दस्तावेज द्यबथगलन च्बष्स् ब् क्यअष्यष्लिनगकतष्अ क्गचखभथ, ऋल्ब्क् त्ग् को अनुसार समुदाय र भाषा बोधक शुद्ध स्वआर्जित नाम बायुङ नैं हो भन्ने प्रमाणित छ । बायुङ राईहरु प्रकृति र पित्रीपूजक हुन र मुन्दुमको मुल्य मान्यता र आदर्श बमोजिमको किरात धर्म मान्दछन् ।